विश्व इतिहासमा आज : रुसमा फेब्रुअरी क्रान्तिदेखि गुटेनबर्गको बाइबल प्रकाशन



काठमाडाैं । आज २३ फेब्रुवरी सन् २०२२ । आज विश्व इतिहासमा केही सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम
प्लुटोनियमको पहिचान
सन् १९४१ मा ग्लेन टी सिवर्ग र उनको समूहले प्लुटोनियोम पहिचान गरेको थियो । रेडियोधर्मी यस तत्त्वले परमाणु इन्धन वा आणविक हतियारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

रुसमा फेब्रुवरी क्रान्ति
सन् १९१७ मा रुसमा फेब्रुअरी क्रान्ति सुरु भएको थियो । देशव्यापी प्रदर्शन र सशस्त्र झडपहरूले अन्ततः रुसी साम्राज्यको अन्त्य भएको थियो ।

गुटेनवर्गको बाइबल
सन् १९४५ मा गुटेनवर्गको बाइबल प्रकाशित भएको थियो । गुटेनबर्गको बाइबल संस्करण मुभेबल टाइपमा छापिएको पहिलो पुस्तक थियो ।  योसँगै पश्चिमा देशमा छपाइ पुस्तकको युग सुरु भएको थियो । 

पोलियोविरुद्ध खोप
सन्  १९५४ मा पोलियोविरुद्ध पहिलो पटक आमरूपमा खोप लगाइएको थियो । भाइरोलोजिस्ट जोनास साल्कले विकसित गरेको सो खोप हिलारी कोप्रोस्कीको पोलियो खोपसँगै अहिले पनि प्रयोग हुने दुई भर्सनमध्ये मध्ये एक हो।

आइएसओको सुरुवात  
सन् १९४७ मा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) ले काम सुरु गरेको थियो । आइएसओले साइकलको टायर देखि मिति ढाँचा सम्म सबै मापदण्डहरू जारी गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्