गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे



खोटाङ । खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ, ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका पेमा शेर्पा मंगलबार जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् । चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासुबिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहने गरी २६ माघमा हिरासतमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्