झाँक्रीप्रति बास्कोटाको व्यङ्ग्य : ‘फाइनल्ली झाँक्रीले टेप खोली छन्’



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीप्रति व्यङ्ग्य गर्दै एमसीसीबारे मुख खोलेकोमा आफूलाई कुरा मन परेको बताएका छन् । उनले ट्वीट गर्दै झाँक्रीले पहिलोपटक मन पर्ने कुरा गरेको उल्लेख गरेका छन्। झाँक्रीले एमसीसीप्रति सकारात्मक बन्दै कि सरकार छाड्नुपर्ने कि सडक छाड्नुपर्ने प्रतिक्रिया दिएकी थिइन्।

बास्कोटाले एमालेमा माधवकुमार नेपाल एमसीसीको पक्षमा जानसक्ने संकेत गर्दै झलनाथ खनाललाई मनाउन भने नसकिने आशय व्यक्त गरेका छन् ।बास्कोटाले ट्वीटरमा लेखेका छन्स् र,फाईनल्ली झांक्रीले टेप खोली छन् । कुरा पनि पहिलो पल्ट पर्लय नै मन पर्ने गरिछन-कि सरकार कि सडक छोड्नु पर्छ, कुरो बुझ्न पर्छ । ल बधाई छ ! झलनाथलाई चै कुलडाउन कस्ले गर्ने हो ?

प्रतिक्रिया दिनुहोस्