सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ



जनकपुरधाम : सिरहाको गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । इटहरी उपमहानगरपालिका १७ कि रुवी बेगम आइतबार राति सेतो ब्राउन सुगरसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको हो .

 

सडकमा चेकजाँचको क्रममा शंका लागेर खानतलासी गर्दा ६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको गोलबजार प्रहरीले चौकी ले जनाएको छ।  उनको साथबाट नगद ४० हजार ६ सय रुपैया समेत बरामद भएको छ। पक्राउ परेको व्यक्तिबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्