केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेका छन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको आरोप लगाएका छन् ।

शनिबार एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएको इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको उनको आरोप छ ।

‘पाँच जनाको बेन्च बन्छ, दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु त यहाँ छैनन् होला एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् ।’

उनले संसदले प्रधानमन्त्री निर्वाचित गर्नुपर्नेमा अदालतबाटै तोकेर पठाइएकोमा भन्दै राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको छ ।’

एमालेलाई व्यक्ति चोलेन्द्रशमशेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको बताउँदै उनले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्