राति १० बजेपछि देउसी भैलो खेल्न रोक            



काठमाडाैं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० वजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको जनाएको हो। 

 

निर्णय विपरित १० बजेपछि पनि देउसी भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । यता, प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेधित रहेको स्मरण गराएको छ ।

 

तिहारलाई लक्षित गरी लुकिटिपी ल्याइएको प्रज्जवलनशील पदार्थ बरामद गरिने तथा ओसार–पसारमा सम्लग्नलाई कानून बमोजिक कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अहिलेसम्म प्रज्जवलनशील बस्तुको ओसार–पसारमा सम्लग्न १२ जनालाई नियन्त्रणमा लिइएको पनि जनाएको छ ।

 

तिहारको सुरक्षालाई लागि पर्याप्त सुरक्षाकर्मी परिचाल गरिएको प्रहरीले शंकास्पद गतिविधिबारे जानकारी दिन पनि सार्वसाधारणलाई आग्रह पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्