सामसुङ एस २२ भर्जिन मोबाइलमा



काठमाडौँ । स्मार्टफोन ब्राण्ड सामसङ्गले नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ पलस र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएका छन् । ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ ।

आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२ पलस र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन उच्चस्तरीय क्यामराहरु रहेको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्मा बताउँछन् । उनले भने,‘ग्यालेक्सी एस २२ सिरिजलाई प्रस्तुत गरेर हामीले नियमहरुको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कति सम्म काम गर्न सक्छ भन्ने प्रष्ट्याउन चाहेका छौं ।’ पहिलो पटक, ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगैं ल्याएको कम्पनी सञ्चालक शर्माले जानकारी दिए ।

ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिन भन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ । ग्यालेक्सी एस २२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको छ, जसले तपाईंको हर दिनलाई भव्य बनाइदिनेमा हामी विश्वस्त छौं ।” सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले जानकारी दिए ।

कम्पनीका अनुसार ग्यालेक्सी एस २२ ले अल्ट्रा मूल्य १ लाख ६९ हजार ९ सय ९९ देखि १ लाख १२ हजार ९ सय ९९ रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्