रुपेन्देहीका वडा सचिव सिद्धिक घुससहित नियन्त्रणमा



काठमाडौं । रुपेन्देहीस्थित सिद्धार्थनगर नगरपालिका वडा नं ४ का वडा सचिव मोहम्मद सिद्धिक घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

नायब सुब्बा सिद्धिकले विवाह दर्ता सहजिकरण गरिदिने नाममा सेवाग्राहीसँग तीन हजार रूपैयाँ घुस लिएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनलाई घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाटै नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । आयोगका अनुसार सिद्धिकमाथि यतिबेला थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्