एमसीसीले विवाद बढेपछि श्रेष्ठलाई भेट्न हात्तीवन पुगे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवन पुगेका छन् । एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि प्रचण्ड श्रेष्ठको निवासमा पुगेका हुन् ।

श्रेष्ठ निकट एक नेतो भने, ‘अहिले अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता जारी छ ।’ दाहालले एमसीसी सम्बन्धमा प्रस्टिकरणका लागि सोमबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई लक्षित गर्दै पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति दिएका थिए ।

पार्टीमा दाहालले एकलौटी गर्न थालेको भन्दै श्रेष्ठ पक्षधरले विरोध जनाइरहेका छन् । साथै उनीहरूले श्रेष्ठलाई पार्टी छोड्नसमेत दबाब दिइरहेको ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्