माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा चौधरी विजयी



कैलाली । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।

प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का उम्मेदवार ९प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री० मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

उत्सवले एक सय १४ मत पाएर विजयी हुँदा अर्को उम्मेदवार धामी ९४ मत मात्रै पाएका थिए । प्रदेश उपाध्यक्षमा मानसिंह माल, रणबहादुर कुँवर र अक्कलबहादुर रावल विजयी भएका छन् । प्रदेश उपाध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका थिए ।

माओवादीको प्रदेश सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनकबहादुर बुढा विजयी भएका छन् भने सह–सचिवमा रामबाहुर देवकर, नन्दबहादुर साउद र अजिता श्रेष्ठ विजयी भएका छन् । सह(सचिवमा पाँच जनाले उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रको प्रदेश कोषाध्यक्षमा बिनिता विकलाई पराजित गर्दै कमलकुमार शाह विजयी भएका छन् ।

गत पुसमा भएको प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूको चयन गरेको थियो । प्रदेश सदस्यहरू मध्येबाट नै पदाधिकारी चयन गरिने भए पनि सहमति हुन नसक्दा निर्वाचन भएको हो । प्रदेश समितिमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्