प्रवेश परीक्षामा साेमेल नभएकाले पनि कानुन पढ्न पाउने



काठमाडौँ : त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानुन तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो । 

सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्न प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले जानकारी दिए । पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना गर्न पाउने भनिएको थियो । 

उनले प्रवेश परीक्षामा सामेल नभएकालाई शुक्रबारदेखि असोज १५ गतेसम्म भर्ना खुला राखिएको बताए । अहिले करिब तीन हजार ६४५ जनाले भर्ना गरिसकेका छन् । कोटा प्रणाली लागू गर्ने सम्बन्धमा विवाद हुँदा करिब चार महिना स्नातक तह प्रथम वर्षको भर्ना रोकिएको थियो । अहिले असोजबाट पढाइसमेत शुरु गरिएको छ ।

 

कालोकोट र ब्याच अनिवार्य 

अबदेखि कानुनमा स्नातक तह पढ्नका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको छ । स्नातकोत्तर तह र स्नातक तहकै पाँच वर्षे बीएएलएलबीमा कालोकोट र ब्याच अनिवार्य गरेको क्याम्पसले यस वर्षदेखि तीन वर्षे एलएलबीमा पनि उक्त व्यवस्था गरेको छ । 

विद्यार्थीलाई अनुशासनमा राख्न र कानुनको विद्यार्थीको बोध गराउन कालोकोट र ब्याच अनिवार्य गरिएको क्याम्पस प्रमुख पराजुलीले बताए । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको