आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट होऔं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नागरिकले आफ्नो जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन् ।

ग्याल्बो ल्होसार पर्वको अवसरमा सुभकमाना दिँदै अध्यक्ष प्रचण्डले बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताएका हुन् ।

पचण्डले भने,“पराधीन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन । तसर्थ यसपर्वको अवसरमा शेर्पालगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आह्वानसहित सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु,”

अध्यक्ष प्रचण्डले यस पर्वले नेपालीमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्