स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने



काठमाडौं । स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ । मेसिनको प्रमाणीकरण कसले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएसम्म मेसिन प्रयोग गर्न नसकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको अध्ययनको कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएपनि मेसिन प्रमाणिकरणको विषयमा आयोग ढुक्क हुन नसकेको उनले बताए ।

“उक्त प्रतिवेदनमा टेक्निकल इभ्यलुएट कमिटीले मेसिनको प्रमाणीकरण गर्ने भन्ने विषय राख्नुभएको छ । त्यसमा आयोग सन्तुष्ट हुन सकेन । त्यो कमिटीलाई कुनै पनि कानुनले चिन्दैन । त्यो टेक्निकल कमिटी गठन गर्नेगरी कानुनले आयोगलाई कुनै अधिकार दिएको छैन,” उनले भने ।

प्रमाणीकणका विषयमा सरकारसँग छलफलमा नै नरहेको उनले बताए । उनले प्रमाणीकरणको विषय टुंगो नहुँदासम्म विश्वसनीयतामाथि प्रश्न उठ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्