श्रीलंकाविरुद्ध पहिलो टेस्टको पहिलो दिन भारत बलियो



काठमाडौं । रिसव पन्तको ९६ रनप्रेरित भारतले श्रीलंका विरुद्धको पहिलो टेस्टको पहिलो दिन राम्रो सुरुआत गरेको छ ।
मोहालीस्थित पन्जाव क्रीकेट संघको मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो दिन सकिँदा ६ विकेट गुमाएर ३५७ रन बनाएको छ । घरेलु टोलीका रविन्द्र जडेजा ४५ र रविचन्द्रन आश्विन १० रन बनाएर क्रिजमा छन् ।
१००औँ टेस्ट क्रिकेट खेलिरहेका पूर्व कप्तान विराट कोहलीले ४५ रन बनाए । ओपनर मयांक अग्रवालले ३३ रन बनाए । कप्तान रोहित शर्माले २९ रन बनाए । हनुमा विहारीले ५८ रन बनाए । पन्तले ९७ बलमा ९६ रन बनाउँदा श्रेयस ऐयरले २७ रन बनाए ।
श्रीलंकाका लसिथ इम्बुल्देनियाले दुई विकेट लिए । सुरङ्गा लकमल, विश्व फर्नान्डो, लहिरू कुमारा र धनन्जय डी सिल्भाले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्