एमाले ओलीको कब्जामा पुगेपछि विद्रोह गरेका हौं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको उल्लेख गरे ।

नेपालले भने, ‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन । हामीले कि त केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्