डोल्पा जीप दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त



काठमाडौं : नेपाली काङ्ग्रेसले डोल्पा सदरमुकाम दुनैबाट जुफाल जाँदै गरेको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुनैबाट जुफाल जाँदै गरेको भे १ च १६१० नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

 

काङ्ग्रेसले मृतात्माको चिरशान्तिका कामना गर्दै शोकसन्तप्त परिवारजनप्रतिa समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । उक्त जीप सडकबाट १५ मिटर तल ठूलीभेरी नदीमा खस्दा सात पुरुष र तीन महिलासहित १० जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्