राष्ट्रिय महिला उद्यमी सम्मेलनको आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने



वीरगंज । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन तथा २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको आज (बिहीबार)  वीरगंजमा उद्घाटन हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए।

आज दिउँसो १ बजे वीरगंजको नगर सभा गृहमा महाधिवेशन तथा सम्मेलनको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिए । इतिहासमै पहिलो पटक महासङ्घको महाधिवेशन मोफसलमा हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ पर्साका अध्यक्ष हिरा कानुले बताए।

देशकै आर्थिक एवम् औद्योगिक नगरी वीरगंजमा हुने महाधिवेशनले लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने नीति, नियम र कानुनको बारेमा छलफल गरी ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्