चीनमा केही दिनयता फेरि बढ्दैं कोरोना संक्रमित



बेइजिङ । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् ।

यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलवार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो ।

चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको छ । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्