थानीले थाम्लान त निगम ?



काठमाडौं । नेपाल आयल निगममा सरकारले उमेशप्रसाद थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषद्ले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। पछिल्लो १३ महिना देखि निरन्तर घाटा चुलेको निगमलाई माथि उठाउन थानीलाई निकै चुनौती छ।

पछिल्लो समय सुरु र युक्रेन बिचको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलिय पदार्थको मूल्य र अमेरिक डलरको भाउ उच्च पुगेको छ। यसैगरी नेपालको इतिहासमै पहिलो पटक आमनागरिकले प्रतिलिटर पेट्रोल १ सय ५० रुपैयाँ र डिजेल १ सय ३३ रुपैयाँ महँगो मूल्य तिर्नु परेको छ। पेट्रोलिय पदार्थको मूल्य उच्च हुँदा सर्वसाधारण कर्मका छन्। निगमका अनुसार चालु आर्थिक वर्ष यता निगमले २८ अर्ब रुपैयाँ घाटा व्यहोरी रहेको छ भने मासिक ५ अर्ब रुपैयाँ घाटा छ। निगमलाई अहिले प्रतिलिटर डिजेल विक्री गर्दा ११ रुपैयाँ ७८ पैसा घाटा छ भने पेट्रोल प्रतिलिटर विक्री गर्दा १६ रुपैयाँ २८ पैसा घाटा छ। यसैगरी खाना पकाउने एलपी ग्यासँ प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा घाटा छ। यता नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई हरेक महिनाको १५ दिन करिब ८ अर्ब बढी रुपैयाँ पेट्रोलियम पदार्थ खरिद गर्न बुझाउनु पर्छ।

पछिल्लो समय निगम निरन्तर घाटामा रहेको हुँदा निगमसँग आईओसीलाई बुझाउने पैसा नहुँदा मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड रुपैयाँ लिएको थियो। पेट्रोलियम पदार्थको सहजआपूर्ति गर्नका लागि निगमलाई पेट्रोल दैनिक २ हजार किलोलिटर चाहिन्छ भने डिजेल ६ हजार किलोलिटर चाहिन्छ । यसैगरी खाना पकाउने ग्याँस करिब १ लाख २५ हजार सिलिण्डर आवश्यक हुन्छ। निगम आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्म निरन्तर नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा निगमको नाफा १९ अर्ब ३६ करोड रुपैयाँ थियो भने आर्थिक वर्ष देखि २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ कमाएको थियो। हाल निगमले मासिक ५ अर्ब रुपैयाँ घाटा व्यहोर्दै आएको छ। यसैगरी पेट्रोलियम व्यवसायी पेट्रोलियम पदार्थको मूल्य बृद्धि आफुलाई कमिसन नबढाएको भन्दै आन्दोलित गर्ने समेत चेतावनी दिएका छन्।

व्यवसायीहरुले पेट्रोलिय पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि, कमिसन वृद्धि लगायतका माग गरेका छन् । निगममा यस्ता विभिन्न समस्या चाङहरु थुपरीएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाका निक भनिएका विश्वासका पत्र उमेशप्रसाद थानीले निगमलाई कसरी अघि बढाउलाउन भन्ने आमजनमानसमा आशंका रहेको छ। प्रधानमन्त्री शेरबाहदुर देउवाका विश्वासका पत्र भएकाले नै उमेशप्रसाद थानी जीवन प्रकाश सिटौला र चन्डिका प्रसाद भट्टलाई उछिनेर निगमका कार्यकारी निर्देशक नियुक्त भएका हुन् । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशका लागि उमेश प्रसाद थानी, जीवन प्रकाश सिटौला र चन्डिका प्रसाद भट्टको नाम सिफारिस गरेको थियो । मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा नियुक्ती मनोनयन सम्बन्धि निर्देशिका २०७८ बमोजिम निगको कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

मन्त्रालयले तीन जना सिफारीस गरेकोमा मन्त्रीपरिषदको बैंठकले निगमको कार्यकारी निर्देशकको थानीलाई नियुक्त छ। निगमका तत्कालिन कार्यकारी निर्देश सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि नयाँ नियुक्तीका लागि गत २५ पुसमा मन्त्रालयले खुला प्रतिस्पर्धाको लागि सुचना प्रकाशित भएको थियो । मन्त्रालयको सूचना अनुसार १७ जनाको आवेदन परेको थियो । एक जनाको मापदण्ड पुरा नहुँदा एक जनाको आवेदन रद्ध भएको थियो। १६ जनाको प्रतिस्पर्धाबाट सट लिष्टमा उत्कृष्ट तीन जनाको नाम मन्त्रालयले सिफारिस गरिएको थियो।

विगतमा निगमको नाफा
२०७२/०७३ १९ अर्ब ३६ करोड रुपैयाँ
२०७३/०७४ ९ अर्ब ४५ करोड रुपैँया
२०७४/०७५ ३ अर्ब ५८ करोड रुपैयाँ
२०७५/०७६ ८ अर्ब ७५ करोड रुपैयाँ
२०७६/०७७ १२ अर्ब ८७ करोड रुपैयाँ
२०७७/०७८ ५९ करोड रुपैयाँ घाटा
चालु आर्थिक वर्ष २०७८ /०७९ को साउन यता २८ अर्ब घाटामा छ।

प्रतिक्रिया दिनुहोस्