आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ। पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्