कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु हुँदै



काठमाडाैं । सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ आइतबारदेखि सुरु गर्दैछ। । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न लागेको हाे

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । याे अभियानमा कांग्रेसले एमसीसी पारित गरिएकाे कारणबारे प्रष्ट्याउने भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ।

अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ। यस्तै तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने कांग्रेसले तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्