एमसीसी पार्टीबाट फेल भए राजीनामा दिने प्रचण्डको घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले एमसीसी फेल गरे आफूले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखेका छन्। पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणा समेत गरे । ‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।

प्रतिनिधि सभाले एमसीसी पारित गर्दा व्याख्यात्मक घोषणालाई पनि सम्झौताकै अंग मानेको दाबी गर्दै यसले समस्याको समाधान निस्केको उनले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्