१८ महिने बालिकाको बलात्कारपछि हत्या आरोपमा २ जना पक्राउ



विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका ७ की १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । प्रहरीकाअनुसार २८ वर्षीय मिथुन र २५ वषीएय अभय नाताले सोहदर दाजुभाई हुन् ।
पत्रकार सम्मेलनमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले भने,‘बालिका हत्या अभियोगमा पक्राउ गरेका दाजुभाईले बलात्कार गर्ने क्रममा बालिकाको टाउकोमा ढुंगा र वियरको बोतलले हानेको देखिन्छ ।’ बलात्कारपछि बालिकालाई सोही ठाउँमा घाइते अबस्थामा छाडेर उनीहरु मामाघर गएको प्रहरी उपरीक्षक जिसीले बताए ।
उनीहरु दुबैलाई प्रहरीले उनीहरुको मामाघरबाट नै नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जिसीले बताए ।
प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार घरमा खेली रहेकी बालिकालाई भाइ अजयले ल्याएको र त्यसपछि दाजुभाईले घर नजिकैको झाडीमा बालिकालाई करणी गरेका थिए ।
दुई वर्ष अघिपनि अजयले स्थानीय एक बालिकालाई अपहरण गरेपछि सोही मुद्दामा जेल सजय काटेर मंसिर १८ गतेमात्र छुटेका थिए ।
शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी ती नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो । घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन् ।
अचेत अबस्थामा झाडीमा पेला परेकी बालिकाको यौनाङ्ग रक्ताम्य भएको अवस्था उनलाई प्रहरीले फेला परको थियो ।

प्रतिक्रिया दिनुहोस्