५ विधामा ७ नगरपालिका उत्कृष्ट



काठमाडौं । नेपाल नगरपालिका संघले ५ विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ। २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन्। यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ।

यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन्।

प्रतिक्रिया दिनुहोस्