बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते



तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र २ पुरुष रहेको प्रहरीले जनाएको छ ।
आइतबार मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । मृत्यु भएकाको वतन भने अझै खुलेको छैन । घाइतेमध्ये अन्य १० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्