प्रेस युनियनको महाधिवेशन जेठ १३–१४ मा हुने



काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोकिएको छ ।
युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको हो ।
युनियनको आइतबार बसेको सचिवालयको बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेको कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।
२०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक–पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्