उदयपुरमा जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद



उदयपुर । सप्तकोशीमा बाँसको चेफा मार्फत् ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सप्तकोशीमा बाँसको चेफा माथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागुऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगि रहेको अबस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन। उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसार पसार हुने गरेको छ। आईतवार बिहान २ बजेति सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेभारीसे अबस्थामा गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका शसस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीले जानकारी दिए।

गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ। गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भई रहेको शसस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए। शसस्त्र प्रहरी निरिक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाईने बताए। गाँजा ओसार पसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभए पनि खोजी राखि रहेको गणपति अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्