गुजरात टाइटन्सको जर्सी सार्वजनिक



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)– २०२२ सुरु हुन दुई साताभन्दा कम समय बाँकी छ । हालै मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सले आफ्नो टोलीको नयाँ जर्सी लन्च गरेका छन् ।
यता, पहिलो पटक आईपीएलमा सहभागी हुन लागेको गुजरात टाइटन्सले पनि आफ्नो जर्सी लन्च गरेको छ । जर्सी लन्च कार्यक्रममा टोलीका कप्तान हार्दिक पाण्ड्या, प्रशिक्षक आशिष नेहरा र सपोर्ट स्टाफबाट विक्रम सोलंकी उपस्थित थिए ।
आगामी आईपीएलमा भारतीय अलराउन्डर हार्दिक पाण्ड्याको हातमा नयाँ टोली गुजरात टाइटन्सले जिम्मा दिइएको छ । बीसीसीआईद्वारा सार्वजनिक गरिएको तालिका अनुसार गुजरात टाइटन्सको पहिलो खेल लखनउ सुपर जायन्ट्ससँग २८ मार्च बेलुकी ७ः३० बजे वानखेडे स्टेडियममा हुनेछ ।
गुजरात टाइटन्सले न्यूजिल्याण्डका फास्ट बलर लोकी फर्गुसनलाई आईपीएल २०२२ को लिलामीमा सबैभन्दा महँगो खेलाडीको रुपमा १० करोडमा किनेको छ ।
यसबाहेक भारतीय स्पिन बलिङ अलराउन्डर राहुल तेवाटियालाई पनि ९ करोड भारुमा किनेको थियो । सोही फ्रेन्चाइजले मोहम्मद शामी, डेभिड मिलर, ऋद्धिमान साहा, म्याथ्यु वेड, विजय शंकर, जयन्त यादव, प्रदीप साङ्वान, गुरकीरत सिंह मान, वरुण आरोन, अल्जारी जोसेफ जस्ता अनुभवी खेलाडीलाई पनि खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्