डिजेलबाट सबैभन्दा बढी राजस्व



काठमाडौं । सरकारले विभिन्न मुलुकबाट आयात हुने प्रमुख १० वटा वस्तुमध्ये डिजेलबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ७ महिनामा सरकारले डिजेलबाट सबैभन्दा बढी अर्थात् ३३ अर्ब १९ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

७ महिनाको अवधिमा ७२ अर्ब ९६ करोड २ लाखको डिजेल आयात गर्दा सरकारले ३३ अर्ब १९ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो। सरकारले चालु आर्थिक वर्षको ७ महिनामा जिप, कार र भ्यान आयातबाट २७ अर्ब ६९ करोड लाख रुपैयाँको राजस्व सङ्कलन गरेको छ। भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले चालु आर्थिक वर्षको ७ महिनामा भन्सारको राजस्व लक्ष्यभन्दा बढी सङ्कलन भएको बताए। उनले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य भए पनि ३ खर्ब ८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए। उनले आयातमा गरिएको कडाइका बाबजुद पनि ३ खर्ब ८ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए। उनले गतवर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत राजस्व सङ्कलन बढेको जानकारी दिए। चालु आर्थिक वर्षको ७ महिनामा माघ मासन्तसम्मा ३३ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको पेट्रोल आयात गर्दा सरकारले २१ अर्ब ३३ करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ।

यसैगरी मोटर साइकलबाट १२ अर्ब ७५ करोड ३४ लाख, तयारी कपडाबाट ७ अर्ब ४९ करोड ३४ लाख, एलपी ग्यासबाट ६ अर्ब ४७ करोड ९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यसैगरी चालु आर्थिक वर्षको ७ महिनामा एमएस विलेटबाट ६ अर्ब २३ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने मोटर साइकलबाट ६ अर्ब १ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । यसैगरी मोबाइलबाट ४ अर्ब ४९ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने एचआर सिटबाट ४ अर्ब २२ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी चालु आर्थिक वर्षकै ७ महिनामा भन्सारबाट आयात भएका प्रमुख १० वटा वस्तुमध्येमा जिडेल र भटमासको कच्चा तेल बढी आयात भएको छ। डिजेल ७२ अर्ब ९६ करोड २ लाख रुपैयाँको आयात भएको छ भने भटमासको कच्चा तेल ३९ अर्ब ६६ करोड ६ लाख रुपैयाँको आयात भएको छ।

त्यस्तै एलपी ग्यास ३४ अर्ब ६९ करोड ५१ लाख, पेट्रोल ३३ अर्ब ५६ करोड ५५ लाख, एलएस विलेट २९ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको आयात भएको छ। यसैगरी चालु आर्थिक वर्षको ७ महिनामा कच्चा पाम तेल २९ अर्ब २२ करोड १९ लाख, मोबाइल २८ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको आयात भएको छ । यस्तै गरी ७ महिनामा २७ अर्ब ६२ करोड ८३ लाख रुपैयाँको सुन आयात भएको छ भने भ्याक्सिन २६ अर्ब ८५ करोड १ लाख रुपैयाँको आयात भएको छ । यसैगरी ७ महिनामा २३ अर्ब ५६ करोड ३१ रुपैयाँको एचआर सिट आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्