खोटाङको ऐसेलुखर्क नजिकै जीप दुर्घटना, ६ जना घाइते



खोटाङ:  खोटाङ जील्ला ऐसेलुखर्क गाउँपालिकाको दुबेकोल घले गाउँमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इटहरीबाट ऐसेलुर्खक हिडेको ना १ ज ५६२७ नम्बरको जीप सोमबार राती नौ बजे दुर्घटना भएको ऐसेलुर्खक प्रहरीले जानकारी दिएको छ ।

 

प्रहरीको अनुसार जीपमा चालक सहित ६ जना यात्रु रहेका थिए । ६ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएको छ । घाइते हुनेमा एसेलुर्खक गाउपालिका- २ बादेलका २८ बर्षिय जमृन कुमार भुजेल, सोही स्थानकी २७ बर्षीय सरिता भुजेल, ऐसेलुर्खक गाउपालिका- ६ ज्यामिरेका का ७३ बर्षिय हर्क बहादर भट्टराइ, इटहरी नगर पालिका-१९ की (माइती महेश्वरी हिडेकी) खीम कुमारी बस्नेत र थुलुङ दुधकोसी गाउँपालिका- ४ जुुबुका सुदिप गुरुङ रहेका छन् ।

 

गम्भीर घाइते भएका जर्मन कुमार भुजेल, सरिता भुजेल र हर्क बहादुर भट्टराईलाई उपचारको निमित्त काठमाडौं पठाएको प्रहरीले जनाएको छ । यी तीन मध्य पनि सरिता भुजेलको अवस्था अलिक गम्भीर रहेको प्रहरीको भनाइ छ । त्यस्तै सामान्य घाइते सुदिप गुरुङको टाउकोमा चोट लागेको र खीम कुमारी बस्नेतको पनि सामान्य चोटपटक लागेको छ ।

 

बस्नेत र गुरुङको ऐसेलुर्खक मै उपचार भइरहेको प्रहरीले बताएको छ । त्यस्तै जीपका चालक पनि घाइते भएको र उपचारकोलागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । जीप साघुरो बाटोमा घुमाउने क्रममा पछाडिको पाङग्रा खसेपछि अनियन्त्रीत भइ दुर्घटना भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्