रुसमाथि प्रतिबन्धको असर : दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो



एजेन्सी । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्वसाधारण युक्रेनीको जीवन त कष्टकर नै बनेको छ , तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मङ्हगी र अभावसँग जुधेका छन् ।  युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरूले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

रुस निर्यात हुने सामाग्रीमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रुसी परेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरूले पुटिनले युद्धका बहाना गरेको बताउँदै आएका छन् ।रुसमाथि पश्चिमा देशहरूले वित्तिय दण्ड दिएका छन्।  अन्तर्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीहरूको दैनिकीमा असर परेको छ । जीवनयापनको खर्च बढिरहेको छ। रोजगारी गुम्ने जोखिम बढ्दो छ। धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् । पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ ।

उपभोक्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ । मस्को र अन्य सहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुअरीसम्म ५ हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य  ८ हजार रुबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत  बढेको छ ।

प्रतिक्रिया दिनुहोस्