सुटिङमा सनी लियोनीलाई गोली लागेपछि…



बलिउड अभिनेत्री सनी लियोनी आफ्ना हट तस्वीरका कारण चर्चामा रहन्छिन्। उनले हालै एक नेपाली फिल्मको गीतमा पनि कम्मर मर्काएकी छिन्। सामाजिक सञ्जालमा सनीले शेयर गर्ने तस्वीरमा फ्यानले माया व्यक्त गरिरहेका हुन्छन्।

शूटिङमा सनी लियोनीलाई गोली लाग्यो, त्यसपछि…

सनी लियोनीले इन्स्टाग्राममा भिडियो शेयर गरेकी छिन्, जसमा एक व्यक्तिले गोली हानेको देखिन्छ। सनी लियोनीलाई कसैले गोली हानेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा पहिलो भिडियोमा सनी सुटिङ गरिरहेकी छन्। एक व्यक्तिले गोली हान्छन् र उनी भुइँमा ढल्छिन्। सनी उठ्दै उठ्दिनन्।

त्यसपछि सबैजना उनलाई हेर्न जान्छन्। डराउँछन्। उक्त भिडियोले फ्यानलाई दुःखी बनाएको थियो। तर पछि वास्तविकता बुझ्दा भने फ्यानलाई राहत मिलेको छ। दोस्रो भिडियोमा सबै सबै तनावमा हुन्छन्। किन सनी उठिनन् भनेर। केही बेरपछि सनी लियोनी उठ्दै हाँस्छिन्। बल्ल सबैले बुझ्छन् कि, सनी लियोनीले सुटिङका दौरान मजाक गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्