नवलपरासीमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु



काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।

गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो । दुबै सवारीसाधन सहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्