नवाजुद्दिनको फिल्म मौनीले छाड्दा तमन्नालाई फाइदा



बलिउडका भर्सटायल कलाकार नवाजुद्दिन सिद्धिकी अहिले ‘बोले चुडिया’ नामक चलचित्र निर्माणमा लागिरहेका छन्। हिट गीतकाे बाेलबाट सापटी लिइएको यो नाममा राम्रै पैसा छाप्ने आशा उनको छ। यो चलचित्रलाई उनका भाइ समास सिद्धिकीे निर्देशन गर्दैछन्।

यो चलचित्रका लागि सुरुवातमा नायिका तथा टेलिभिजन स्टार मौनी रोयलाई अफर गरिएको थियो। तर, मौनीले चलचित्रमा काम गर्ने पक्का भएर पनि अन्तिम समयमा हात झिकिन्।

मौनी नाटकिय रुपमा बाहिरिएको निर्माण टिमले आरोप लगाउँदै आएको छ। तर, अब मौनी बाहिरिएपछि चलचित्रमा साउथकी सुपरस्टार तमन्ना भाटियाले काम गर्ने फाइनल भएको छ।

‘बाहुबली’ जस्तो हिट चलचित्र दिएकी तमन्नाले केही बलिउड चलचित्रमा पनि काम गरिसकेकी छिन्। मौनीले छाडेपछि चलचित्रको छायांकन पछि धकेलिएको थियो। तर, अब तमन्ना जोडिएसँगै चलचित्रको सम्पूर्ण काम अगाडि बढ्ने भारतीय मिडियाले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्