एलिसाको स्टाइल



काठमाडाैं : चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा आइटम नृत्य गरेपछि आइटम गर्ल एलिसा राइको चर्चा चुलियो। केही म्यूजिक भिडियोमा काम गरेकी एलिसालाई ‘लुट २’को आइटम गीतले एकाएक चर्चामा ल्याइदियो। यसपछि, उनी नेपाली चलचित्रमा गज्जबले जम्ने अपेक्षा गरिएको थियो।

तर, उनी चलचित्रमा आशातित रुपमा जम्न सकिनन्। म्यूजिक भिडियोमा उनको क्रेज औषत छ। एलिसा आफ्नो पढाइका कारण पनि आफूले काममा बढी ध्यान दिन नपाएको बताउँछिन्।

एलिसाको स्टाइलले धेरैको ध्यान खिच्ने गर्दछ। नेपाली चलचित्रमा थुप्रै नायिकाहरुको आगमन भैसकेकाले पनि एलिसालाई नायिकाको रुपमा स्थान बनाउन अब सजिलो छैन। हेरौ, उनले आफ्नो करिअरलाई कसरी अगाडि बढाउने हुन् ? सामाजिक सञ्जालमा एलिसाले अपलोड गरेका स्टाइलिस तस्वीरका कारण उनको चर्चा हुने गर्छ ।

स्टाइलिस तस्वीरका कारण चर्चामा आउने एलिसाका यी तस्वीर हेरौँ :-

प्रतिक्रिया दिनुहोस्