राजस्व छली गरेको आरोपमा ३ जनाविरुद्ध मुद्धा दर्ता



काठमाडौं । राजस्व छली गरेको आरोपमा तीन जनाविरुद्ध मुद्धा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले राजस्व छलि गरेको आरोपमा तीन जना विरुद्ध १६ करोड माग दाबी गर्दै मुद्धा दायर गरेको हो ।

विभागले सौगात इन्टरनेसनल सञ्चालकहरू भक्तपुरको सूर्यविनायक नगरपालिका-१०, देउजागाँउका दीपककुमार देउजा, चितवनको कालिका नगरपालिका-२, भीमपुरका मोहनप्रसाद भट्टराई र सोही कम्पनीका लेखापरीक्षक काठमाडौं महानगरपालिका-२१, लगनटोलका सुनीलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध १६ करोड ४३ लाख ४५ हजार रुपैयाँ विगो तथा जरिवाना माग गरिएको छ ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुटा मूल्य अभिवृद्धि विजक लिई वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी गरी तिर्नुपर्ने मूल्य अभिवृद्धि कर नितिरेको र आयकरतर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेकोले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरूबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्