प्रियंकाको आयुष्मानलाई प्रश्न – साँचो माया गर्छौ कि गर्दैनौ ?



काठमाडौं : नेपाल आइडल सिजन-२ बिजेता रवि ओडले नयाँ गीत बजारमा ल्याएका छन्। उक्त गीत हाइलाइट्स नेपालले आफ्नाे च्यानलमार्फत युट्युबमा सार्वजनिक गरेकाे छ। रवि ओड र दुर्गा खरेलको स्वर रहेको गतिमा ध्रुवप्रसाद अम्गाईँका शब्द र अर्जुन पोखरेलको संगीत छ।

‘घरमा कुरा’ बोलको गीतमा प्रेमिकाले प्रेमीलाई आफूलाई माया गर्ने र नगर्नेबारे सोधिरहेका छिन्। भिडियोमा प्रेमी प्रेमिकाको भूमिकामा आयुष्मान देशराज जोशी र प्रियंका कार्की छन्।

भिडियोमा प्रियंकाले आयुष्मानलाई माया गर्ने कि नगर्ने भन्दै सोध्छिन्। यस्तै गीतको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्