राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गर्ने



काठमाडौं । राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गर्ने भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले स्थानीय स्तरमा एमालेसँग छलफल अघि बढाउन जिल्ला अध्यक्षहरूलाई निर्देशन दिएका छन् । आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा थापाले यस्तो निर्देशन दिएका हुन् । 

उनले एमालेसँग चुनावमा सहभागी गर्ने प्रयास गर्ने भन्दै   एमालेसँग स्थानीयस्तरमा कुरा सुरु गर्न निर्देशन दिँदै अगाडि बढ्ने अवस्था भयो भने केन्द्रबाट आफूले सहजीकरण गर्ने बताएका छन् । साथै अध्यक्ष थापाले निर्वाचनमा अन्य दलहरुसँग पनि सहकार्य गर्न सकिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्