ओलीमाथि खनिए गगन : भकारीमा आगो लगाउनेलाई फेरि जिम्मा दिने ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

काभ्रेको बनेपामा आज आयोजित कार्यक्रममा महामन्त्री शर्माले स्थानीय निर्वाचनमा पाँच वर्षअघि जनतासँग गरेको बाचा पुरा गरे नगरेको बारेमा ओलीलाई प्रश्न गर्न आग्रह गरेका छन् ।

गगन थापाले भने  ‘निर्वाचन भनेको जिम्मा पाएको दलको मूल्यांकन गर्ने र अब पाँच वर्षमा के गर्ने आकलन गर्ने हो,’ तपाईंकोमा आउने सानो ओलीलाई सोध्नु पर्‍यो, पाँच वर्षमा गरेको प्रतिबद्धता पुरा किन गरेनौँ ? ।

गगन थापाले पाँच वर्षमा कांग्रेसले जनताको जनादेश स्वीकार गरेपनि नेकपाले कामै नगरेको आरोप समेत लगाएका छन् । उनले २०७४ सालदेखि २०७९ सालसम्मको कामको मूल्यांकन गर्नुपर्ने एजेण्डा लिएर कांग्रेस चुनावमा जानुपर्ने समेत बताएका छन् । 

गाडी चलाउने जिम्मा पाएको नेकपाले पहिलो स्टेसनमा आफूहरूलाई झारेको र भीरमा लगेर गाडी धकेलेर दुर्घटना गराएको टिप्पणी गरेका छन् ।

 उनले अगाडि भने, ‘घरको भकारीको रक्षा गर्न दिएको उसले भकारीमा आगो लगाउँछ । उसैले फेरि भकारीको रक्षा गर्न पाउनुपर्छ । भकारीमा आगो लगाउनेलाई फेरि जिम्मा दिने ? उनको प्रश्न थियो । 

प्रतिक्रिया दिनुहोस्