भारतीय अभिनेता रामलाई दण्डित



तलेगु फिल्मका अभिनेता राम पोथिनेनी यही साता सार्वजनिक क्षेत्रमै धुम्रपान गरिरहेको अभियोगमा दण्डित भए। सोमबार उनले धुम्रपान गरेवापत २ सय रुपैयाँ जरिवाना तिरेका हुन्। प्रहरीले हैदरबादमा ‘धुम्रपानमुक्त क्षेत्र’ बनाउने अभियान चलिरहँदा उनको यस्तो हर्कत देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सार्वजनिक रुपमा धुम्रपान गर्नेहरुलाई यहाँ प्रहरीले केही महिनादेखि नै कारवाही गर्दैआएको छ। अभिनेता रामले पनि सावधानी अपनाउन नसक्दा यस्तै कारवाही खेप्नुपरेको हो। राम पछिल्ला दिनमा फिल्म ‘स्मार्ट शंकर’का लागि सूटिङमा छन्। भारतीय मिडियाका अनुसार उनी सुटिङको खाली समयमा धुम्रपान गरिरहँदा प्रत्यक्षदर्शीले प्रहरीलाई उजुरी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्