‘ग्याङनम स्टाइल’गायकमाथि यौनधन्धा तथा लागुऔषधको आरोप



‘ग्याङनम स्टाइल’बोलको गीतबाट संसारभर चिनिएका कोरियाली पपस्टार पार्क जाए साङमाथि यौनधन्धा, लागुऔषध कारोबारीको आरोप लागेको छ। साइ नामले चिनिने पपस्टारलाई प्रहरीले यसबारे अनुसन्धान गरेको छ।

व्यवसायकै रुपमा वेश्यालय स्थापित गरेको भन्दै उनलाई प्रहरीले गत साता सोधपुछ गरेको हो। गायक पार्क जाए साङले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन्। कोरियाको ग्याङनम सहरमा केही वर्षयता ठूलो व्यवसायकै रुपमा फैलिँदै गरेको रात्रीजीवनकै बीच अवैध धन्धा पनि हुँदैआएको बताइन्छ।

यसबारे बिबिसीले तयार गरेको एक रिपोर्टमा पपस्टार साङको पनि उक्त अवैध धन्धामा संलग्नता रहेको बताइएको छ। क्लब तथा होटलमा युवतीहरुलाई यौनधन्धामा बाध्य पारिँदै भिडियो उत्पादन समेत हुने गरेको बताइएको छ। यस क्रममा पपगायक साइसँगै अन्य केही सेलिब्रिटीमाथि पनि आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्