विश्वकप लिग-२ : यूएईविरुद्ध नेपाल फिल्डिङ गर्दै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले यूएईविरूद्धको खेलमा पहिला फिल्डिङ गरिरहेकाे छ। यूएईले शुक्रबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले फिल्डिङको निम्तो पाएको हो। नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेलिरहेको छ। श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी) लाई हराइसकेका छन् ।

त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन्। नेपालले पीएनजीलाई हराउने टोलीमा एक परिवर्तन गरेको छ। विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी मैदान उत्रिएका छन् ।सन् २०२३ को विश्वकप छनोटको आधार रहेको लिग २ को अंकतालिकामा यूएई दोस्रो र नेपाल छैटौं स्थानमा छन् । सात राष्ट्रसम्मिलित लिग २ मा यूएईको १५ खेलको छ भने नेपालले ९ खेलमात्र खेलेको छ ।

अहिले जारी खेलमा नेपालले सुखद् सुरूवात गरेकाे छ । नेपालले यूएईकाे एक विकेट लिन सफल भएकाे छ । ५ भरकाे खेल सकिदाँ यूएई १ विकेटको क्षतिमा २७ रन बनाएर खेलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्