एसईई उत्तिर्णपछि करिश्मालाई छोरीको भावुक मेसेज



काठमाडौं : सदाबहार नायिका करिश्मा मानन्धर चर्चामा आइरहन्छिन् तर बिहिबार एसईईको नतिजा प्रकाशित भएपछि उनको चर्चा ह्वात्तै चुलिएको छ ।

२०७५ सालको एसईई परिक्षार्थी करिश्माले 'बी प्लस' ल्याएपछि उनले जताततै प्रशंसा पाइरहेकी छिन् । सर्वसाधारणदेखि फिल्मी क्षेत्रका कलाकारले उनलाई बधाई दिइरहेका छन् । उनकी छोरी कबिता मानन्धरले पनि आफ्नो फेसबुक अकाउन्टमार्फत् आमाको सफलतामा भावुक हुँदै बधाई दिएकी छिन् ।

फेसबुक मार्फत बिहिबार बेलुकी लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ । तपाईंले जीवनमा जे गर्नु चाहनुभयो त्यो गरेरै छोड्नुभयो र एसईईको कुरा गर्दा मलाई तपाईंमाथि अलिकति पनि शंका लागेन । तपाईंले यसमा राम्रो गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास थियो । बधाई ।’

उनले आफ्नी आमालाई यो यात्रामा सहयोग गर्ने शिक्षक, सहपाठी, विद्यालयलाई पनि धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्