‘दंगल गर्ल’ जायराले लिइन् बलिउडबाट सन्यास



काठमाडौं : आमिर खानको फिल्म दंगलबाट बलिउडमा आफ्नो पहिचान बनाउने सफल नायिका जायरा वसिमले आफ्नो फिल्मी करियरलाई सधैंका लागि सन्यास लिएकी छिन्। यो बलिउड जगतको मात्र नभई उनका प्रशंसकका लागि पनि निकै निराशाजनक कुरा हो।

जायरा अभिनयका साथै पढाईमा पनि अब्बल छिन्। हालै भएको १० को परीक्षामा उनले ९२ प्रतिशत अंक पाइन्। यतिबेला उनी ११ कक्षामा पढिरहेकी छिन्। जायराले सोसल मिडियामा एउटा लामो स्टेटस लेखेर यसबारे जानकारी दिएकी हुन्।

जायरालाई फिल्म दंगलका लागि नेशनल अवार्डबाट पनि सम्मानित गरियो। फिल्ममा उनले गीता फोगाटको भूमिका निभाएकी थिइन्। उनको अभिनयका साथै सुन्दरताको पनि निकै प्रशंसा गरिएको थियो।

जायराले निकै सानो उमेरमा अवार्ड जितिन्। उनी सोसल मिडियामा पनि निकै सक्रिय रहन्छिन्। इन्स्टाग्राममा उनको सेयर गरेका तस्बिर निकै रुचाइन्छ। जायराको जन्म श्रीनगरको हवल इलाकामा अक्टोबर २००० को २३ तारिखमा भएको थियो।

उनका पिता, जाहिद वासिम, श्रीनगरमा एक बैंक प्रबन्धकको रुपमा काम गर्छन्। उनकी आमाको नाम जर्का वसिम हो। जायरालाई स्कूले समयदेखि नै अभिनयको शौख थियो।

दंगल गर्ल अर्थात् जायराका केही आकर्षक तस्बिर हेरौंः

 

प्रतिक्रिया दिनुहोस्