आयुष्मानको ‘आर्टिकल १५’ बक्स अफिसमा हिट, कति कमायाे ?



पछिल्लो समय बलिउडमा आयुष्मान खुरानाको चर्चा निकै हुने गर्छ। नयाँ पुस्ताका नायकहरुमा उनको नाम अगाडि आउँछ। विषयवस्तु हेरेर चलचित्र खेल्ने उनका चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्छन्। जसको प्रत्यक्ष फाइदा आयुष्मानको स्टारडममा पनि परेको छ।

उनले अभिनय गरेका ‘अन्धाधुन’, ‘बधाई हो’ जस्ता चलचित्र बक्स अफिसमा हिट भए। उनी अभिनित नयाँ चलचित्र ‘आर्टिकल १५’ अहिले हलमा लागिरहेको छ। 'आर्टिकल १५'ले बक्स अफिसमा कमाइ तथा समीक्षा दुवैतर्फ सुखद सुरूवात गरेको छ।

फिल्मले रिलिजको पहिलो दिन पाँच करोड भारुभन्दा बढी कमाइ गर्न सफल भएकाे थियाे। त्यस्तै दोश्रो दिन साढे सात कराेड भारु कमाएकाे छ। पहिलो दिनको तुलनामा सिनेमाको कमाइ ५० प्रतिशतले बढेको छ।

१८ करोडको लागतमा बनेको फिल्मकाे व्यापार तेश्रो दिन आइतबार अझ राम्राे हुने अपेक्षा गरिएकाे छ।

सन् २०१४ मा भारतको उत्तर प्रदेश राज्यको बदायुंमा दुई दलित नाबालिकाकाे सामूहिक बलात्कारपछि गरिएको हत्यामा आधारित छ याे फिल्म।

यसमा आयुष्मानलाई प्रहरी अधिकारीको भूमिकामा देख्न सकिन्छ। भारतको संविधानमा समताको अधिकार लेखिएको भए पनि कसरी त्यसको कार्यान्वयन हुन सकेन भन्ने यसमा देखाइएकाे छ। सिनेमालाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्