‘दबंग-३’ मा चुलबुल पाण्डेका पिता काे ?



‘दबंग’का सिरीजमा चुलबुल पान्डेका पिता बनेका थिए, बलिउडका पुराना स्टार विनोद खन्ना। प्रजापति पाण्डेको भूमिका निर्वाह गर्ने विनोद खन्नाको २७ अप्रिल २०१७ मा निधन भयाे।

‘दबंग-२’पछि अहिले त्यसकै तेस्रो भाग बन्दै छ। अर्थात ‘दबंग-३’। तर, यतिबेला चुलबुल पाण्डेका पिता बनेका विनोद खन्ना छैनन्। क्यान्सरका कारण उनको निधन भइसकेको छ। अब ‘दबंग-३’ मा सलमान खानका पिता हुन्नन् ? वा विनोद खन्नाको ठाउँमा अरु कसले लेला याे चासाेकाे विषय बनेकाे छ यतिबेला।

यस फिल्ममा अधिकांश कलाकार अघिल्ला दुई श्रृंखलाकै रहने छन्। सलमानबाहेक यो फिल्ममा सोनाक्षी सिन्हा, अरबाज खान आदिले अभिनय गर्ने निश्चित छ। यसैबीच, निर्माताहरुले चुलबुल पाण्डेका सौतेनी बुवा प्रजापतिको भूमिका निर्वाह गर्ने विनोद खन्नाको स्थानमा उनका भाइ प्रमोदलाई अभिनय गराउने भएका छन्। उनको निधनपछि फिल्मका निर्माताहरुले उक्त महत्वपूर्ण चरित्र निर्वाह गर्नका लागि प्रमोदकाे नाम फाइनल गरेका हुन्।

सलमान खानले बिहीबार आफ्नो ट्वीटर हेण्डलमा एउटा भिडियो सेयर गरेका छन्। उक्त भिडियामा उनले प्रमोद खन्नालाई विभिन्न व्यक्तिसँग भेट गराएका छन्। उक्त भिडियोमा सलमान र प्रमोदसँगै सोनाक्षी सिन्हा तथा प्रभु देवा पनि देखिएका छन्। फिल्म यही वर्षको क्रिसमसको पूर्वसन्ध्या अर्थात् २० डिसेम्बरका दिन प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्