महानगरबासीले दिएको धेरै जिम्मेवारी पूरा गरेको मेयर शाक्यको दाबी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइ दिएको पनि बताएका हुन् ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी पूरा गरेको जिकिर गरेका छन् ।

मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको बताएका छन्। उनले मुद्दा मामिलाका कारण महानगरपालिका अन्तरगतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए ।

प्रतिक्रिया दिनुहोस्