ओलीलाई नायक बनाउन खोजेको तर खलनायक निस्के : प्रचण्ड



सिन्धुली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले नायक बनाउन खोजे पनि खलनायक बनेको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताएका हुन् । ओली खलनायक बनेर संविधान उल्ट्याउने काम गरेको पनि उनको भनाइ छ ।

अध्यक्ष दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको कुरा माओवादीलाई मन परे पनि अरु दललाई त्यतिको मन नपरेकोसमेत टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्