शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दै



काठमाडौं – काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । 

पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिक रुपमा सुरु गरिएको हो । 

हिमाली शृङ्खलाका साथै काठमाडौं, भक्तपुर र मेलम्चीको समेत दृश्यावलोकन गर्न मिल्ने गरी व्यावसायिक उडान सुरु भएको शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताउनुभयो ।    विंसं. २०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको अनुमतिमा परीक्षण उडान सुरु गरेको प्रालिले यस वर्षदेखि व्यावसायिक उडान सुरु गरेको हो । 

समुद्र सतहबाट एक हजार ९०५ मिटरको उचाइमा रहेको उक्त स्थानबाट उडान भरेपछि करीब ३० मिनेटको उडानपछि शङ्खरापुर नगरपालिका–२ पटापमा अवतरण हुन्छ । 

अहिले शङ्खरापुर प्याराग्लाइडिङ प्रालि नेपालसँग १२ जना सोलो (एक्लै) र चारजना व्यावसायिक पाइलट रहेका छन् । विदेशीका लागि प्रतिव्यक्ति एकसय अमेरिकी डलर र नेपालीका लागि पाँच हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

राजधानीबाट नजिकै भएका कारण पनि साहसिक खेल मानिएको ‘प्याराग्लाइडिङ’ गर्ने पर्यटक दिनप्रतिदिन बढ्दै गइरहेको शङ्खरापुर ‘प्याराग्लाइडिङ’का पाइलट अजय चौलागाईंले बताए । 

‘दैनिक ६ वटा ग्लाइडरमा २० भन्दा बढी उडान गराउँछौँ, आन्तरिक भन्दा बाह्य पर्यटकको चाप झनै बढ्दै गएको छ’, चौलागाईंले भने, ‘यहाँको प्राकृतिक सुन्दरताका कारण पनि यस क्षेत्रमा ‘प्याराग्लाइडिङ’ फस्टाउँदै गएको छ ।’ 

प्याराग्लाइडिङबाट सुन्दर दोर्जे लाक्पा, जुगल, गणेशजस्ता हिमशृङ्खलाको दृश्यावलोकन गर्दै इन्द्रावती नदी भेगका बस्तीको सौन्दर्यसमेत देख्न सकिन्छ । हालैका दिनमा पर्यटकको चाप बढ्दै गएपछि ‘प्यारासुट बुकिङ’ प्रक्रिया सुरु गरिएको उहाँको भनाई छ । यहाँ सातामा झन्डै दुई सयभन्दा बढी पर्यटक ‘प्याराग्लाइडिङ’ गर्न आउने गरेका छन् । 

देशकै पर्यटकीय शोभा बनेको पोखरापछि यस भेगको ‘प्याराग्लाइडिङ’ पर्यटकको रोजाइमा पर्न थालेको छ । अमेरिकी र युरोपेली मुलुकहरुबाट समेत राजधानी हुँदै उक्त स्थानमा प्याराग्लाइडिङ गर्न आउनेको संख्या दैनिक बढिरहेको चौलागाईंको भनाइ छ । उनका अनुसार    पछिल्लो ६ महिनामा करिब ३०० विदेशी तथा १०० आन्तरिक पर्यटकले उडान भरेका छन् । 

राजधानीबाट करिब २५ किलोमिरटको दूरीमा रहेको उक्त स्थानमा जान यातायातको सहज सुविधा हुने हो भने यो सङ्ख्या अझै बढ्ने उनको विश्वास छ । 

बिहानीपख मौसम खुलेको अवस्थामा विश्वको अग्लो शिखर सगरमाथाको चुचुरोसमेत यहाँबाट नियाल्न सकिन्छ । सुरक्षित अवतरणका लागि ११ पाइलटले समुद्री सतहदेखि एक हजार ९०५ मिटर माथि उडान गराउने प्रणाली प्याराग्लाइडिङमा रहेको पाइलट चौलागाईंले बताए । सोलो र ‘टेन्डम’ (पाइलट र पर्यटक) बसेर उड्ने फ्लाइटको सुविधालाई स्थानीय बासिन्दा र तालीम प्राप्त पाइलटले ‘ह्यान्डलिङ’ गर्ने गरेका छन् । 

‘उडान सुरु गर्दा एक हजार ९०५ फिटमाथि हुन्छौँ भने पटापमा ओर्लिंदा एक हजार ३७० मिटरको उचाइमा हुने गर्छौँ’,  उनले भने । 

स्थानीय बासिन्दा र केही पाइलटको पहलमा थालिएको ‘प्याराग्लाइडिङ’ अहिले मेलम्ची र शङ्खरापुर नगरको शान बनेको छ । 

‘प्याराग्लाइडिङ गर्दा खुशी भएकी छु , यहाँको सुन्दरता अद्भुत छ, प्याराग्लाइडिङमा उडेर हेर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु’, चिनियाँ नागरिक आङ हुङ छानले भनिन् । 

यहाँ आउने पर्यटकको प्याराग्लाइडिङसँगै सिन्धुपाल्चोकको ह्योल्मो क्षेत्र, हेलम्बु गाउँपालिकाको हेलम्बुस्थित गुम्बा, माने छोर्तेन, गुफा छिर्ने लक्ष्य हुन्छ । हेलम्बु पदमार्गको अनुभवपछि फर्कंदा राजधानी चाँडै पुगिने सडक भएकाले पनि यहाँको प्याराग्लाइड पर्यटनको सम्भावना थप बढेको छ । 

कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । करिब डेढ दशकअघि पोखराको सराङकोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा अहिले देशका विभिन्न स्थानमा फैलिसकेको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हाल नेपालमा अनुमति प्राप्त करीब ६५ प्याराग्लाइडिङ कम्पनी छन् । तीमध्ये ४० जति सञ्चालनमा छन् । अरु सञ्चालनको प्रक्रियामा छन् । अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ (बन्दीपुर) र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य केन्द्र कास्कीको पोखरा हो । 

एक हजार ५०२ मिटर उचाइमा रहेको कास्कीको सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु हिमालदेखि कोरचनको डाँडा, सराङ्कोटको चुली, पाल्पाको श्रीनगर, तनहुँको बन्दीपुर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिने प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँशहर र तालतलैयाको अनुपम सङ्गमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो । 

प्रथम विश्व युद्धमा पहिलो पटक जल सेनाले प्यारासुटको प्रयोग गरेको इतिहास पाइन्छ । सन् १९५० ताका प्याराकमाण्डरले यसको प्रयोग गरे । क्रमिक रुपमा विकास हुँदै सन् १९६४ मा अमेरिकाका डेमिना जाल्बर्टले यसलाई अहिलेको स्वरुप दिएका हुन् । 

प्याराग्लाइडिङ चरा (चील) को खुट्टा र पखेटाले च्यापेर पछाडिको हावालाई दबाब दिएर जिउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ । पछिल्लो पटक एसियाली खेलकुदमा रजत पदक जित्न सफल भएपछि नेपालमा यस लोकप्रियता अझ चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड