दुई महिलाको प्रेम कथामा आधारित वेब सिरिज ल्याउँदै प्रियंका



काठमाडौं : नायिका प्रियंका कार्कीले लेस्वियन अर्थात दुई महिलाको प्रेममा आधारित वेब सिरिज बनाउने भएकी छिन् ।  नायिका कार्कीले लेस्वियन अर्थात दुई महिलाको प्रेममा आधारित वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’को फस्ट लुक सार्बजनिक गरेकी छिन् ।

सिरिजमा दुई युवतीबिचको प्रेम सम्वन्धलाई दर्शाइएको छ र उक्त भूमिकामा प्रियंका कार्की र सृष्टि श्रेष्ठ देखिनेछन् । उनलेले आफ्नो होम प्रोडक्सनको पहिलो प्रस्तुती स्वरूप लेस्वियन कथामा आधारित सिरिज निर्माण गर्ने भएकी हुन् । 

प्रियंका भन्छिन्, ‘दुई युवती प्रेममा छन् भने यो कुनै ठुलो विषय नभई एकअर्काको प्रेम बुझ्ने वातावरण हुनुपर्छ ।’ आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् । साथै सार्वजनिक पोस्टर पनि आयुष्मानले तयार पारेका हुन् ।

८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने प्रियंकाले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्